Saturday, February 16, 2019

के गर्भपतन गर्नु पाप हो ?



सम्पुर्ण मानवजाती एउटा नैतीक प्राणी हो यस ब्रम्हण्डमा सबै भन्दा उत्कृष्ट सृष्टि भनेर मानवजातीलाई नै चिनिन्छ किनकी मानिस पर्मेश्वोरको स्वरूपमा सृष्टि भएका हुन् । तसर्थ मानिस एउटा नैतिकवान प्राणी हो । वस्तवमा मानवजातीमा नैतीकता कहाँबाट आयो? के यसको सुरुवात मानवजातीको सृष्टीभन्दा अघि भएको थियो वा सृष्टिपछी? यो प्रश्नको उत्तर हरेक मानवजातीले जानेको हुनुपर्छ ।यदी नैतिकता मानवजातीको सृष्टिभन्दा पछी भएको हो भने, कुनै पनि बहुमतद्वारा पारीत भएको कुरा चाहे त्यो निर्णय जती सुकै क्रुर या अमानवीय  किन नहोस् त्यो पनि ठीकै मानिनुपर्छ तसर्थ क्रुर सासक हिटलर द्वारा गरिएको ६० लाख याहूदीहरुको नरसंहार पनि ठिकै हो भनी इतिहासले स्वीकार गर्नुपर्छ अनि कुनै पनि समाजले बहुमतद्वारा यो ब्यक्तीलाई जिउने अधिकार छैन भनेर त्यसको हत्या गर्दापनी यो ठिकै गरेको हो भनी मानिनु पर्दछ । तर यदी हामी नैतिकवान मानिस हौं भने यसरी हिटलर जस्तो शासक र बहुमतद्वारा गरिएको क्रूर र अमानवीय निर्णयहरु अपराधिक कार्य हुन् भनी बिरोध गरेको हुनुपर्छ । तसर्थ नैतिकता मानवजातिको सृष्टिभन्दा अघिबाटै बिद्यमान भएको हुनुपर्छ । उत्त नैतिकता केहिद्वारा वा कोहिद्वारा दिएको हुनुपर्छ, जो सृष्टि भन्दा शक्तिशाली र महान भएको हुनुपार्छ । सृष्टीभन्दा महान केवल सृष्टिकर्ता अर्थात पर्मेश्वोर हुनुहुन्छ । पवित्र धर्मशास्त्र बाइबलमा उनै पर्मेश्वोरले "तैले हत्या नगर्नु"(रोमी १३:९) भन्ने स्पष्ट रुपमा आज्ञा गर्नुभएको छ । हत्या गर्नु भनेको आत्मा भएको प्राणीबाट उसको जीवन खोस्नु हो । चाहे त्यो हिड्दै गरेको मानिस होस् या आमाको गर्भभित्र बड्दै गरेको शिशु ।  
के गर्भपतन गर्नु पनि हत्या हो ? 
अमेरिकाले गर्भमा भएको जीवन मार्न पाइन्छ भनी निर्णय गर्‍यो । जसले हरेक माता पितालाई गर्भमा रहेको बच्चालाई मार्ने नमार्ने अधिकारको लाइसेन्स दिए जस्तैभयो । तर मानिस सबै नैतिक प्राणी भएकाले गर्भपतन गर्ने कुरालाई आफ्नो ब्यक्तीगत इच्छाद्वारा गरेको हो भनी सहर्ष स्वीकार गर्दैनन् तर गर्भपतन गर्नका लागि पनि विभिन्न बाहनाहरु बनाउने  गर्छन्  । जस्तैः 
(१) मलाइ छोरा चाहिएको थियो, तर गर्भमा छोरी भएकोको कारणले गर्भपतन गरेको हुँ । 
(२) बलात्कार भएको कारणले । 
(३) विवाहभन्दा अघि नै गर्भवती भएको कारणले । 
(४) पहिलेनै धेरै सन्तान भैसकेको कारणले । 
(५) झुक्केर गर्भ बसेको कारणले आदि इत्यादी ....
तर गर्भपतन गर्नु भने कसैको जीवन उसबाट खोस्नु हो अर्थात् हत्या गर्नु हो । 
गर्भभित्र रहेको जिवनलाई एकचोटि बिचार गराैंं । 
बैज्ञानिक नियम अनुसार जीवन जिवितैबाटै आउँदछ (Law of biogenesis) यदि गर्भमा भएको जीवन जिवित हो भने त्यसको गर्भपतन हुनु हत्या हो । आज किन अस्थाई सादनको प्रयोग गर्न प्रचार प्रसार गरिन्छ? किनकि गर्भपतनको आकडा ९०% प्रतिशत पुगेको छ । 
गर्भभित्र मनाव शरीरको बिकास 
गर्भ बस्ने बित्तिकै जिवनको सुरुवात हुन्छ । गर्भ बसेको १८-२५ दिनभित्र मुटुको धड्कन धड्किन थाल्छ । ६ हप्तामा शिशुको शरीर चल्न थल्छ, मस्तिष्कको तरङ्ग आइसकेको हुन्छ, उत्त तरङ्गहरुको आवाज एलेक्ट्त्रोएन्सेफलोग्राममा रेकर्ड गर्न सकिन्छ । ७ हप्तामा शिशुले कुनै कुराको कारणले ओठ चलाउन थल्छ । ८ हप्तामा समात्ने, पौडिने र शरीर खेल्न थल्छ । १० हप्तामा शिशुको शरीरले पुर्णरुपमा आकार लिसकेको हुन्छ । १२ हप्तामा तरल पदार्थ निकाल्दै, बुढी औंला चुस्छ, निल्छ, रुन्छ, सुत्छ, उठ्छ अनि सबै शरीरको प्रणाली निरन्तर काम गर्दछ र मस्तिष्क पुर्ण रुपमा काम गर्न थल्छ । १२ हप्तामा नयाँ केही बन्दैन तर शिशुको शरीर तिब्र गतिमा बढ्न थल्छ । ९ महिनामा शिशुको जन्म हुन्छ । ताजा हावामा सास फेर्छ र दूध खान थल्छ । 
एउटा आमाको तर्क 
गर्भमा भएको शिशुको सम्बन्धमा एउटी आमाले भन्छिन् "यो मेरो शरीर हो मलाई जे मन लाग्छ त्यो म गर्छु ।" तर वास्तवमा हेर्ने हो भने एउटा आमाले यस्तो सोच राख्नु गलत कुरा हो । अनि बैज्ञानिक रुपमा हेर्ने हो भने पनि गर्भमा भएको शिशुको शरीर र आमाको शरीर बेग्लाबेग्लै शरीर हुन् । किनकी स्त्रीबाट जन्मेको सबै शिशुहरु स्त्री मात्र हुदैनन् तर पुरुष पनि त हुन्छन् । कतिपय समयमा शिशुको रगत र आमाको रगतको समूह पनि बेग्लै हुन्छ । मस्तिष्कको तरङ्गहरु बेग्लै हुन्छन् । रक्त संचार प्रणाली पनि बेग्लैरुपमा काम गरिरहेको हुन्छ । यसकारण एउटै शरीर हो भनेर तर्क गर्नु एउटा मुर्खता हो ।
गर्भभित्र भएको शिशु मान्छे होइन ?
कतिपय समयमा निर्दय मानिसहरुले गर्भभित्र भएको शिशुलाई मान्छे नै होइन भन्दै "हामीले जे गर्दा पनि हुन्छ" भनी तर्क गर्ने गर्छन् । यदि गर्भभित्र भएको शिशु मानव होइन भने जन्मने बित्तिकै कुन कुराले उसलाई मानव बनाउछ ? यस्ता तर्कहरु केवल गर्भपतन गर्ने बाहना मात्र हुन् । वस्ताविकता उनिहरुको कल्पना भन्दा पनि बाहिर छ । 
बाइबल अनुसार गर्भपतन गर्नु पाप हो 
उत्पत्ति १:२६, २७ अनी पर्मेश्वोर्ले भन्नुभयो, मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरुपमा बनाओ, तिनिहरुले समुन्द्रको माछाहरु, आकाशका पंक्षिहरु, पाल्तु पशुहरु र जमिनमा चलहल गर्ने सबै जन्तुमाति अधिकार गरुन्  ।

हिताेपदेश ६:१७ परमप्रभुले घृणा गर्ने कुरा यी नै हुन : अहंकारी अाँखा, झुट बोल्ने जिब्रो र निर्दोषको रगत बगाउने हात । 

Cross references : Genesis 9:6,7    Psalm 139:13-16   Isaiah 49;5  Jeremiah 1:5  Matthew 1:18  Luke 1:49

Source : Christian Evidence
By : Sagar Khati

No comments: