Tuesday, January 29, 2019

Bible scientifically 100% accurate (Part 1)

बाइबल भनेको बिज्ञानको पुस्तक होइन । यद्यपि बाइबल बैज्ञानिक रुपमा पनि यथार्थ छ । आजसम्म बाइबल झुठो साबित गर्ने त्यस्तो कुनै बैज्ञानिक बिवादसंग हामी परिचित छैनौ । बाइबलले बिज्ञानलाई आफैमा समेटेको छ । बाइबलमा हजारौं बर्ष अगाडी लेखिएको तथ्यहरु बैज्ञानिकहरुले हालै अन्वेषण गरेर हेर्दा पनि दुरुस्त भेट्टाएका छन्  । यसकारण आउनुहोस् केही सत्य तथ्य बैज्ञानिक उदाहरणहरुलाई बिचार गरौँ ...............

(१) ग्रह नक्षत्र सम्बन्धमा 

क. ताराहरु : आकाशका तारा गन्न नसकिने र समुद्र किनारका बालुवाहरु जोखिन नसकिने (उत्पति २२:१७, यर्मिया ३३:२२) भन्ने प्रमाणलाई बैज्ञानिकहरुले आजसम्म तिरस्कार गर्न सकेका छैनन् । किनकी वास्तवमै आकाशका ताराहरु गन्न नसकिने छन् ।

ख. पृथ्वीको आकार : पृथ्वीको आकार कस्तो होला? भनि बैज्ञानिकहरुले विभिन्न अनुमानहरु लगाएका थिए । तर वास्तवमा पृथ्वी गोलो आकारको रहेछ भनी सन् १४९२ मा कोलम्बोद्वारा अनुमान लगाएका थिए र पछि आएर ग्यालिलियोले अन्वेषण गरेर पृथ्वी गोलो रहेछ भनी पत्तो लगाए । तर बाइबलले पृथ्वीको आकारको विषयमा कोलम्बो जहाज यात्रा भन्दा २१०० बर्ष अगाडी पर्मेश्वोरले यशैया अगमवत्ताद्वारा बाइबलमा अभिलेख गर्नुभएको थियो । अत: बाइबलमा यस्तो लेखिएको छ कि, "उहाँ पृथ्वीको परिधिभन्दा माथी बिराजमान हुनुहुन्छ ।" यशैया ४०:२२

ग. पृथ्वी के मा अडिएको छ : कुनै एक समयमा यस्तो बिश्वास गरिन्थो कि, पृथ्वी कुनै एउटा विशाल जनवार अथवा दैत्यमाथी अडिएको छ । तर लगभग ३५०० बर्ष अगाडी नै बाइबलले त्यो रहस्यको खुलासा गरिसकेको थियो । किनकि बाइबलमा यस्तो लेखिएको छ, कि " पर्मेश्वोरले पृथ्वीलाई शुन्यतामा झुन्डियाउनु भएको छ । अय्युब २६:७ 




लेखक : सागर कुमार खाती