Wednesday, March 27, 2019

के हो मृत्‍यु ?

मृत्यु केवल सासले शरीर छोड्दैमा मात्र भएको हुँदैन । तर जिवित भएर नैतिकता गुमाउँदा पनि मृत्यु भएको हुन्छ ।

१ सत्य नबुझी अरुलाई दोष लाउनु हो मृत्‍यु । मत्ती ७:१
२ कसैलाई पक्षपात गर्नु हो मृत्‍यु ।
३ सत्यलाई प्रकट नगरिदिनु हो मृत्‍यु ।
४ व्यभिचारीसँग मिलेर संगती गर्नु हो मृत्‍यु ।
५ पर्मेश्वोरको सम्पत्तिमा गिद्दे नजर लगाउनु हो मृत्‍यु ।
६ ख्रीष्टको मण्ड्लीलाई सम्प्रदाय मण्ड्ली बनाउनु हो मृत्‍यु
७ झुटा शिक्षाहरुको बिरोध गर्न नसक्नु हो मृत्‍यु ।
८ प्रभुको अन्मोल रगतलाई झुटा साबित गर्न खोज्नु हो मृत्‍यु ।
९ वचन बिपरित जानु हो मृत्‍यु ।
१० भौतिक कुराहरुका लागि सत्यलाई इन्कार गर्नु हो मृत्‍यु ।
११ कसैलाई प्रलोभनमा परेर विश्वाशमा ल्याउनु हो मृत्‍यु ।
१२ मण्ड्ली भवन बनाउनु पर्छ भनी सिङ्गो मण्ड्लीलाई झुटा शिक्षामा डोर्‍याउनु हो मृत्‍यु ।
१३ वचन बिपरित वाध्य संगीत सहितको भजनमा छम छमी नाच्नु हो मृत्‍यु ।
१४ अरुबाट सम्मन खोज्नु तर अफुले सम्मन नदिनु हो मृत्‍यु ।
१५ भेडाको भेसमा ब्वासा हुनु हो मृत्‍यु ।
१६ मण्ड्लीमा अनुशानको प्रयोग नगर्नु हो मृत्‍यु ।
१७ आफुसँग भएर पनि अरुसँग भिख माग्नु हो मृत्‍यु ।
१८ निर्दोशलाई धम्क्याउनु हो मृत्‍यु ।
१९ जातपातको नाममा गाली गलोज गर्नु हो मृत्‍यु ।
२० पर्मेश्वोरका जनहरुको काममा बाधा दिनेहरुको लै लै मा लागेर पापीहरुलाई प्रेरणा दिनु पनि हो मृत्यु ।


सार्दिशको मण्ड्लीलाई पर्मेश्वोरले भन्नु हुन्छ "तिमी जिवित  छौ भन्ने नाम त छ तर तिमीहरु मरेका छौ । प्रकाश ३

यसकारण पश्चत्ताप गर्नुहोस र प्रभुलाई मन पर्दो फल फलाउनु होस् ।

सागर कुमार खाती

1 comment: