Friday, February 15, 2019

अविश्वासको बहुरुप कारणहरु


यस संसारमा धेरै जसो बुद्धिमान मानिसहरुले पर्मेश्वोरलाई विश्वाश गर्दैनन् । किनकी तिनिहरु पर्मेश्वोर भन्दा आँफैलाई बढी बुद्धिमान सम्झन्छन् । वास्तबमा पर्मेश्वोरले हरेक व्यक्तीलाई रोज्ने स्वन्तन्त्रता दिनुभएको छ । जस्तो लेखिएको छ कि "तर यदी परमप्रभु सेवा गर्न तिमीहरुलाई मन पर्दैन भनेता, तिमीहरु कसको सेवा गर्ने आजै तिमीहरुले रोज - कि तिम्रा पिता पुर्खाहरुले युफ्रेटिस नदी पारी पुजेका देवताहरु कि तिमीहरु अहिले बसेका देशका एमोरीहरुका देवताहरु । तर म र मेरा घरानाले परमप्रभुकै सेवा गर्ने छौ (यहोशु २४:१५) ।"

के रोज्ने स्वन्तन्त्रता जिम्मेबारीसहित आउदैन  र ?

बिचार शक्तिको नियम (Law of Rationality) अनुसार कुनै पनि कुराको निर्णय गर्नु भन्दा अघी बुद्धिमानी र होसियारीकासाथ सम्पूर्ण तथ्य प्रमाणलाई आधारमानी एउटा निष्कर्षमा पुग्नु पर्दछ । तसर्थ हरेक जिम्मेवार व्यक्तीका लागि सत्य जान्नु र पलना गर्नु पनि एउटा उत्तरदायित्व बन्छ । जस्तै लेखिएको छ कि " तव तिमीहरुले सत्य के हो सो जान्ने छौ, र सत्यले तिमीहरुलाई स्वन्तन्त्र तुल्याउनेछ (युहन्ना ८:३२) ।"

केही नास्तिकहरुको भनाइ :

(१) इसहाक एशिनोव
बैज्ञानिक इसहाक एशिनोवले भनेका थिए कि "म भावनात्मक रुपमा एउटा नास्तिक हुँ, "मलाई लाग्छ पर्मेश्वोर हुनुहुन्छ भन्ने कुनै प्रमाण छैन  । तसर्थ उहाँ हुनुहुन्छ कि हुनुहुन्न भन्ने प्रमाणको खोजी गरेर म आफ्नो समय बर्बाद गर्न चहन्न्न ।"

(२) प्रत्यक्षवाद

पर्मेश्वोरको अस्तित्व जान्नका लागि कुनै त्यस्तो प्रमाण  प्रकट गरिएको छैन भन्ने बिश्वासलाई प्रत्यक्षवाद भनिन्छ ।

(३) शंशायवाद

पर्मेश्वोर हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरामा शंका गर्ने ब्यक्तिहरु ।

(४) प्रयोगसिद्ध बैज्ञानिक प्रमाण

प्रयोगसिद्ध बैज्ञानिक प्रमाण भनेको हाम्रा पाँचवटा इन्द्रियहरुसंग सम्बन्धित छ । देख्ने , सुन्ने, छाम्ने, सुँघ्ने र चाख्ने । यी पाँचवटा इन्द्रियद्वारा प्रमाणित नभएको कुनै पनि कुरा अस्तित्व छैन भनि बिश्वास गर्ने ब्यक्तिहरु ।

वास्तविक तथ्य

पर्मेश्वोर अस्तित्वमा हुनुहुन्न भन्नका लागि कुनै पनि ब्यक्तिले यस ब्रह्माण्डमा बिद्यमान हरेक कोण जानेको हुनुपर्छ । यदि त्यसले एउटै पनि कुरा छुट्टायो भने त्यहाँ पर्मेश्वोरको अस्तित्व हुन सक्छ ।

बैज्ञानिकहरुले प्रमाणित गर्न नसकेको कुराहरु

(१) प्रेम 
(२) घृणा
(३) आनन्द
(४) दु:ख

अबिस्वासका सातवटा कारणहरु

(१) पर्मेश्वोरको बारेमा जान्दै नजानी सिधै उहाँलाई इन्कार गर्ने ।

(२) अभिभावकको प्रभावले गर्दा किनकि छोराछोरीहरुले आफ्नो बाउबाजेले अपनाएको संस्कार चाहे त्यो गलत किन नहोस त्यसलाई इन्कार गर्न सक्दैनन ।

(३) शिक्षित हुँदा पनि पर्मेश्वोरलाई अबिस्वास गरिरहेका हुन्छन् । किनकी तिनिहरु आफ्नो अत्यधिक शिक्षाको कारणले घमण्ड गर्ने गर्दाछन् र पर्मेश्वोर भन्दा पनि आफुलाई बुद्धिमान सम्झन्छन् ।

(४) अनैतिक आचरणले गर्दा पनि अविश्वास गरिरहेका हुन्छन् । किनकी पर्मेश्वोरलाई अपनाउदा आफ्नो कुलत आचरणलाई त्याग्नुपर्छ, जुन कुरा गर्न तिनिहरु असमर्थ छन् ।

(५) बौद्धिक संगत पनि अर्को एउटा कारण हो, कतिपय जवान भाइ बहिनीहरु आफ्नो साथीहरु समक्ष पर्मेश्वोरलाई विश्वास गर्न लाज मान्ने गर्छन् । किनकी तिनीहरुले पर्मेश्वोरलाई "म बिश्वास गर्छु" भनी भन्दा कतै मेरा साथिहरु म माथी हास्ने पो हो कि भनी डर मान्नेगर्छन्  । 

(६) दु:ख कष्टलाई पनि अविश्वासको एउटा कारण मानिन्छ किनकी मानिसलाई दु:ख कष्ट आउने बित्तिकै "हाय पर्मेश्वोर मलाई किन यस्तो भयो" भन्दै पर्मेश्वोरलाई नै दोष्याउन थाल्छन् । तर वास्तबमा मानिस आफैले दु:ख कष्ट निम्त्याएका हुन्छन् तर विनाकारण पर्मेश्वोरलाई नै आफ्नो गल्तीको दोष दिइरहेका छन् । 

Source: Christian Evidence
By: Sagar Khati

2 comments: